लागुऔषध अफिम जस्तो पदार्थ सहित एक पक्राउ

गढिमाइ खबर
19 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : बारा प्रहरीले अबैध लागु औषध अफिम जस्तो पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्ज चोकबाट मंगलबार बिहान पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मोटरसाईकल चालक मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ६ पकनी बस्ने २१ बर्षिय रबिन्द्र मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनको साथ बाट १ किलो ७५० ग्राम लागू औषध अफिम जस्तो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय अमलेखगंजका प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडाबाट वीरगंज जादै गरेको बा ६३ प ८२६२ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकल लाई रोकी चेक जांच गर्ने क्रममा अबैध लागु औषध अफिम जस्तो पदार्थ बरामद गरेको हो ।

मोटरसाईकलको सिटमुनि लुकाई झिपाई लगि रहेको अवस्थामा लागू औषध अफिम जस्तो पदार्थ वरामद गरिएको प्रहरीले जनाएको छ ।

उनलाई अबैध लागु औषध सहित नियन्त्रणमा लिई लागू औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट दिन १० (दस) म्याद थप गराईएको छ । उनी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस्