सामाजिक कुरिती एवम् कुसंस्कार विरुद्ध सिमरामा अन्तरक्रिया कार्यक्रम

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 457
पढ्न लाग्ने समय : 1 मि.

रञ्जन यादव /
जीतपुुरसिमरा उपमहानगरपालिकाको सिमरामा सामाजिक कुरिती एवम् कुसंस्कार विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय कलैया बारा, र सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा कार्यक्रम भएको हो बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको उद्घाटन जितपुुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वतीदेवी चौधरी ज्युले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रहरुबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहायक प्रमुुख जिल्ला अधिकारी शिवराज सेढाई , सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष अनिता लम्साल ,कार्यपालिका सदस्य शोभा कार्की ,महिला नेतृ गिता शर्मा लगायतको सहभागिता रहेको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।