बाराका अग्रज पत्रकार भट्टराई प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस

गढिमाइ खबर
235 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

बारा । बाराका अग्रज पत्रकार भोजराज भट्टराई नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारमा सिफारिस भएका छन्।

नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ३ को शुक्रवार कलैयामा सम्पन्न क्षेत्रिय भेलाले फागुन २१ म हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा नाम सिफारीस गरेको हो ।

लामो समयदेखि पत्रकारिता र सामाजिक क्षेत्रमा सक्रिय भट्टराईलाई सहित क्षेत्रिय समितिले १० जनाको नाम सिफारीस गरेको छ ।नेपाली कांग्रेसको क्षेत्रीय बैठकबाट भट्टराईको चौथो नम्बरनाम प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस गरिएको जनाइएको छ ।

पत्रकारितामार्फत समाजका विविध समस्या उजागर गर्दै आएका भट्टराईले लोकतन्त्र, प्रेस स्वतन्त्रता, सुशासन र जनउत्तरदायी शासन प्रणालीको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्। पत्रकारितामा लामो अनुभव सँगालेका भट्टराई नेपाल विद्यार्थी संघमा लामो समय काम गरेर संचार क्षेत्रमा सक्रिय रहेका थिए ।

उम्मेदवार सिफारिसपछि प्रतिक्रिया दिँदै भट्टराईले पार्टीले दिएको विश्वास र जिम्मेवारीलाई सम्मानका रूपमा लिएको बताएका छन्। उनले उम्मेदवारका रूपमा अन्तिम निर्णय भएमा क्षेत्रको विकास, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी र प्रेस स्वतन्त्रताको संरक्षणका विषयलाई प्रमुख एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अब नेपाली कांग्रेसको जिल्ला समितिबाट हुने अन्तिम निर्णयपछि भट्टराई वा अन्यको उम्मेदवारी औपचारिक रूपमा टुंगो लाग्नेछ।

साझा गर्नुहोस्