गढीमाई ईलेक्ट्रोनिक्स नवौ बर्षमा प्रवेश

गढिमाइ खबर
83 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ कलैया बजार स्थित महावीर मन्दिर नजिक रहेको श्रीगढीमाई ईलेक्ट्रोनिक्स आठौ बर्ष पुरा गरी बिहीबार नवौ बर्षमा प्रवेश गरेको छ ।

उक्त अवसरमा ईलेक्ट्रोनिक्सले केक काटेर आफनो बार्षिक उत्सव मनाएको हो। गढीमाई ईलेक्ट्रोनिक्सका सञ्चालक बिजय स्वर्णकारको अध्यक्षतामा बार्षिक उत्सव मनाईएको हो ।

उक्त अवसरमा गढीमाई ईलेक्ट्रोनिक्सका मिथलेश स्वर्णकार,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति चन्दन स्वर्णकार, हिम स्टारका प्रतिनिधी अजब बिक्रम बिष्ट, समसुङ्गका प्रतिनिधी बृजेश चौधरी, सर्भिष ईनचार्ज सोभितलाल चौधरी, हुलास फाईनान्सका ऋण अधिकृत राजकिशोर साह, नितिन ओझा लगायतको सहभागिता रहेको थियो ।

ईलेक्ट्रोनिक्स हिमस्टार, समसुङ्ग, हुण्डाईको अधिकृत बिक्रेता हो । ईलेक्ट्रोनिक्सले हिमस्टार, समसुङ्ग, हुण्डाईको एलसि.डी, फ्रिज, वासिङ्ग मेशिन, मोवाईल, साउण्ड सिस्टम, यासुडाको राईस कुकुर, मोबाईल लगायतको समानहरु सुपथ मुल्यमा बिक्री बितरण गर्दे आईरहेको सञ्चालक स्वर्णकार बताउछन। ईलेक्ट्रोनिक्सले ग्राहकहरुको सुबिधालाई मध्य नजर गरी शुन्य प्रतिशत ब्याजदरमा फाईनान्सको ब्यवस्था गरेको उनले बताए ।

उनले अफरको फाईदा लिन ग्राहकहरु संग आग्रह गरेका छन । गढीमाई ईलेक्ट्रोनिक्स २०७३ साल असार २६ गतेदेखि सञ्चालनमा आएको हो ।

साझा गर्नुहोस्