कलैया : बाराको सिम्रौनगढ नगरपालिकाले आर्थिक बर्ष २०८२/२०८३ को लागि ६७ करोड ८७ लाख ५८ हजारको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाको सभाहलमा आईतबार उसले सो बजेट सार्वजनिक गरेको हो। दशौ नगरसभामा नगरपालिकाकी उपप्रमुख नजमु शेहरले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन्।
नेपाल सरकारको समानिकरण् अनुदान १३ करोड १० लाख, सर्शत अनुदान ३२ करोड ६३ लाख,समपुरक अनुदान ८७लाख, बिशेष अनुदान ६९ लाख, राजस्व बाँडफाँड ११ करोड ३५ लाख९८ हजार ५८ रुपैया, गैर सरकारी तथा दातृ निकाय बाट दुई करोड आय हुने प्रक्षेपित गरिएको छ।
प्रदेश सरकारको समानिकरण अनुदान ९१ लाख ७० हजार,समपुरक अनुदान २० लाख,बिशेष अनुदान चालु ३० लाख,राजस्व बांडफांड ९९ लाख ७१ हजार, मालपोत कार्यालय बाट प्राप्तहुने रजिष्ट्रेशनदस्तुर ६५ लाख,आन्तरिक राजस्व ३ करोड ९९ लाख ९२ हजार आय सो बजेटमा आय प्रक्षेपित गरिएको छ।
सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी साह कलवारको अध्यक्षतामा भएको सभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाको रहेको थियो। उक्त सभामा सिम्रौनगढ नगरपालिकाका कार्यपालिका सदस्य,वडाअध्यक्ष,वडा सदस्य,कर्मचारी,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।









