समाचारको प्रभाव : मटिअर्वाका सशस्त्र डिएस्पी दाहालको सरुवा

गढिमाइ खबर
233 पाठक संख्या

कलैया : बाराको मटिअर्वास्थित सशस्त्र प्रहरीको प्रस्तावित गुल्मका प्रमुख एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएस्पी)को सरुवा भएको छ। सशस्त्र प्रहरी मुख्यालयले यहाँका प्रहरी नायब उपरीक्षक योगराज दाहालको सरुवा गरेको हो।

करिब २ महिना मात्र मटिअर्वा आएका दाहालको सरुवा गर्दै मुख्यालयले उनको ठाउँमा प्रहरी नायब उपरीक्षक उदयराज न्यौपानेलाई पठाएको छ।

डीएसपी दाहालले तस्करहरुसंग आर्थिक लाभ लिएर तस्करी गराएको गुनासो बढेपछि पत्रकारको टिमले बोर्डरमै गएर भिडियो सहितको समाचार लेखन गरेपछि दाहाललाई मुख्यालयले सरुवा गरेको छ ।

डिएस्पी दाहालको मिलोमतोमा नाकामा दैनिक दिनरात साईकल तथा मोटरसाईकलमा भन्सार छलेर व्यापक सामान ओसारपसार भईरहेको पाइएको थियो। डिएस्पी दाहाल नेतृत्वको सशस्त्र प्रहरीहरुले तस्करहरुसंग पैसा लिएको भिडियो सार्वजनिक भएपछि र पत्रिकामा समाचार प्रकाशन भएपछि मुख्यालयले उनलाई तानेको हो ।

मटिअर्वा नाकाको चौकमा सशस्त्र प्रहरीले बस्ने ठाँउमा एउटा कार्टुन राखेको र त्यो कार्टुनमा दैनिक साइकल र मोटरसाइकलमा तस्करी गर्ने ब्यक्तिहरु संग १० देखि एक हजार रुपैयाँ राख्न लगाउने गरेको भिडियो बाहिरीएको थियो ।

स्थानीयहरु आक्रोशित हुँदा दैनिक तस्करी गर्ने ब्यक्तिहरुसंग साठगाँठ गरी कार्टुन भरी पैसा लिने गरेको सूचना पाएपछि पत्रकारको टिम बोर्डर पुगेको थियो ।

साझा गर्नुहोस्