चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

गढिमाइ खबर
215 पाठक संख्या

कलैया : प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १९ बाट चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय गणेश पटेल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

अस्थाई प्रहरी पोष्ट गांगापुरबाट खटिृएको प्रहरी टोलीले उनलाई आफनै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

बारा जिल्ला अदालतले चोरी मुद्दामा उनलाई दुई दिन कैद तथा रु दुई हजार रुपैया दण्ड जरिवाना गर्ने फैसला गरेको थियो ।उनी सोही बेला देखि फरार रहेका थिए।

यसैगरी प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ बाट चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय महेश प्रसाद कु्शवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।अस्थाई प्रहरी पोष्ट गांगापुर बाट खटिृएको प्रहरी टोलीले उनलाई आफनै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

बारा जिल्ला अदालतले चोरी मुद्दामा उनलाई एक महिना कैद तथा रु दश हजार रुपैया दण्ड जरिवाना गर्ने फैसला गरेको थियो। उनी सोही बेला देखि फरार रहेका थिए। प्रहरीले उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि बारा जिल्ला अदालत कलैयामा दाखिला गरेको छ।

साझा गर्नुहोस्