छपन्न किलो ग्राम अवैध लागू औषध गाँजा बरामद

गढिमाइ खबर
162 पाठक संख्या

कलैया : प्रहरीले बाराको कोल्हवी नगरपालिका वडा नम्बर ०५ बाट अवैध लागु औषध गाँजा बरामद गरेको छ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिृएको प्रहरी टोलीले सात वटा पोकामा रहेको ५६ किलो अबैध लागु औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक शन्तोष तामाङ्गले जानकारी दिएका छन्।

कुमरगढीबाट सोनाभार टोल तर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाईकलमा सवार दुई जनाले प्रहरीलाई देखेर उक्त गाँजा फाली मोटरसाईकल लिई फरार भएका थिए। उक्त गाँजा वरामद गरी आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस्