रामनगर महोत्सवमा आशीर्वाद हस्पिटल कलैयाले नि.शुल्क प्राथमिक उपचार गर्दै

गढिमाइ खबर
225 पाठक संख्या

कलैया : बाराको जीतपुरसिमरा – १७ रामनगरमा जारी प्रथम रामनगर सोनाम ल्होत्सार महोत्सवमा आशीर्वाद हस्पिटल कलैयाले नि.शुल्क प्राथमिक उपचार गर्दै छ।

जिल्लाको सदरमुकाम कलैयामा रहेको आशीर्वाद हस्पिटलले रामनगरमा जारी प्रथम रामनगर सोनाम ल्होत्सार महोत्सवमा नि.शुल्क प्राथमिक उपचार गरिरहेको आयोजकले जनाएको छ।

महोत्सवमा आउने नागरिकहरुको स्वास्थ्यलाई दृष्टिगत गर्दै आकस्मिक बिरामी हुने,घाउ,चोटपटक लागेमा नि.शुल्क प्राथमिक सेवा माघ २० गतेसम्म दिने हस्पिटलका संचालक डाक्टर राजेशकुमार साहले जानकारी दिएका छन्।

साझा गर्नुहोस्