सन्तानन्बे केजी गाँजासहित दुई पक्राउ

गढिमाइ खबर
252 पाठक संख्या

कलैया : प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ तिन नम्बर पुल नजिक बाट ९७ किलो अबैध लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका वडा नम्बर ०२ गडौली टोल बस्ने ३५ बर्षिय बिष्णु लामा.र सोही जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर २४ सिद्धार्थ टोल बस्ने ४६ बर्षिय टेक बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

तिन नम्बर पुल स्थित रोड देखी पुर्व रहेको टावर डाँडाको बिरूवा खोलाको झाडीमा लुकाई छिपाई राखेको अवस्थामा १८ पोका गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

गाँजा बरामद भएपछि प्रारम्भिक अनुसन्धान गर्दै जाँदा उक्त गाँजा ओसारपसारमा प्रयोग भएको बा.११ च. ७०१२ नम्बरको फोर्ड कालो ग्रे रंगको कार गाडी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

गाँजा ओसार पसारमा संलग्न चालक लामा र सोही गाडीमा सवार गुरुङलाई पक्राउ गरिएको हो । बरामद भएको गाँजा तथा कार सहित उनीहरुलाई नियन्त्रणमा लिई आवशयक कानुनी प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस्