कलैया : बारा प्रहरीले अबैध चाँदी सहित अमलेखगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर २१ अमलेखगंजमा मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन्। पथलैयाबाट हेटौडा तर्फ जादै गरेको मोटरसाइकल शंकास्पद लागी रोकी जाँच गर्ने क्रममा अबैध चाँदी सहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ना ५२ प २५८४ नम्बरको २२० सिसि पल्सर मोटरसाइकल चालक जिल्लाको प्रसौनी गाँउपालिका वडा नम्बर ६ प्रस्टोका बस्ने अन्दाजी ३३ वर्षीय सन्तोष साह सोनार रहेका छन्।
प्रहरीले उनको साथबाट अन्दाजी ९ किलो चाँदी बरामद गरेको छ। जस्को बजार मूल्य रू. १६ लाख १० हजार ३ सय २५ रुपैयाँ बराबरको रहेको छ।
त्यस्तै ना ५५ प ३९३२ ननम्बरको १५० सिसि पल्सर मोटरसाइकल चालक जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ गमरगावाटोल बस्ने अन्दाजी २७ वर्षीय सुरेश महतो पक्राउ परेका हुन्।
उनको साथबाट अन्दाजी ५ किलो चाँदी बरामद भएको छ। जस्को बजार मूल्य रू. ८ लाख ९४ हजार ६ सय २५ रुपैयाँ बराबरको रहेको छ।
मोटरसाइकलको ट्याङ्की भित्र फल्स बटम बनाई लुकाई छिपाई लगी रहेको बिभिन्न किसिमको गरगहना १४ किलो अबैध चाँदी अन्दाजी मुल्य २५ लाख ४ हजार ९ सय ५० रूपैया बराबरको बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनाएका हुन्।
अवैध चाँदी सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया प्रहरीले अगाडी बढाएको छ।









