सिकेन्द्र पासवान /
नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुरले संचार क्षेत्र बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताएका छन ।
बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १० स्थित झरौखर पोखरीमा शनिवार नेपाल प्रेस यूनियन बारा शाखाको १७ औ बार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सहमहामन्त्री मंसुरले यस्तो बताएका हुन ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सहमहामन्त्री मंसुरले नेपाली काँग्रेस जहिलेपनि प्रेस स्वतन्त्रतालाई आत्मसाथ गर्दै अगाडी बढ्ने बताए ।
पुर्वमन्त्री समेत रहेका मन्सुरले मुलुकको हरेक परिवर्तनमा नेपाली प्रेसले खेलेको भुमिका अविस्मरणिय रहेको भन्दै स्वतन्त्र प्रेस विना बिकास र समृद्धिको कल्पना गर्न नसकिने बताए ।
देशमा शान्ति सुरक्षा, अमन चयन कायम गर्दै बिधीको शासनलाई कायम गराउन एवम प्रेस स्वतन्त्रतालाई बहाल गर्ने दिशामा पनि काँग्रेसको भुमिका निकै नै सराहनिय रहेकाले आम जनताको झुकाव काँग्रेस पार्टीतिर नै रहेको सहमहामन्त्री मंसुरको दवी छ ।
यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य डाक्टर शोभाकर पराजुलीले नेपाल प्रेस यूनियन पत्रकार महासंघ भन्दा पनि जेठो संस्था रहेको स्मरण गर्दै यसको महत्व र गरिमालाई बचाएर अगाडी बढन आग्रह गरेका छन ।
उनले योग्य र पार्टीमा काम गर्ने निष्ठामान नेता तथा कार्यकतालाई उचित ठाँउ दिनका लागि काँग्रेसका नेतृत्व तहमा बसेका ब्यतिmहरुलाई दवाव सृजना हुने खालका समाचार पस्कन समेत पराजुली आग्रह गरे ।
सदनलाई चलायमान बनाई एमसिसीलाई सदनमा भित्र टेबुल गर्ने बातावरणको सृजना गर्न सरोकारवालाहरुलाई नेता पराजुली आग्रह गरे ।
यूनियन बाराका अध्यक्ष श्यामबाबु यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन समरोहमा बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, सिम्रौनगढ नगरपालिकाका मेयर बिजयशंकर यादव, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवाल, नेपाल पत्रकार महासंघका अध्यक्ष रेशम तिबारी, पुर्व अध्यक्ष गुरु प्रसाद गौतम, लगायतकाले शुभकामना मन्तव्य गरेका छन ।
कार्यक्रमको संचालन यूनियनका सचिव साजिर मन्सुर र स्वागत उपाध्यक्ष बसन्ता खतिवडाले गरेका थिए ।