करोडौ मूल्य बराबरको सामानसहित तीन वटा ट्रक प्रहरी नियन्त्रणमा

गढिमाइ खबर
344 पाठक संख्या

बारा प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ ।

प्रहरीले एक करोड भन्दा बढी मूल्यका भन्सार छलीका सामान सहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले ति ट्रकलाई नियन्त्रणमा लिएको हो । जिल्लाको विभिन्न स्थानबाट गाडीहरूलाई रोकी जाँच गर्ने क्रममा सामानहरू सहित तीन वटा ट्रक नियन्त्रणमा लिइएको हो ।

सो ट्रकहरुमा बिल विजक भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको अन्दाजी मूल्य एक करोड २९ लाख १८ हजार ७० रूपैयाँ बराबरको सामान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप महानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट ट्रकलाई नियन्त्रणमा लिएको हो । वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ३ ख ७३४२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको छ ।

सो ट्रकमा लोड रहेको अन्दाजी मूल्य रू.६६ लाख ९० हजार एक सय ३१ रुपैयाँ बराबरको कपडा,ग्लास,फोटो पिक्चर,लेडिज सुट,रिबन, पूजा सामाग्री तथा अन्य खुद्रा सामानहरू बरामद गरेको हो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वार्ड नम्बर ७ जीतपुर स्थितमा वीरगंजबाट पथलैया तर्फ जादै गरेको ४ ख ८८७५ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ ।

सो ट्रकमा लोड रहेको अन्दाजी ३३ लाख ३२ हजार २ सय २६ रुपैयाँ बराबरको किराना सामान,नरिवल लगायत हार्डवेयरका तथा अन्य खुद्रा सामानहरू बरामद गरेको छ ।

त्यसैगरी प्रहरीले वीरगंजबाट पथलैया तर्फ जादै गरेको ना ७ ख ५९२६ नम्बरको ट्रकमा लोड रहेको अन्दाजी २८ लाख ९५ हजार सात सय १३ रुपैयाँ बराबरको लेडिज सुट,ग्लास प्रेम समित र वाटर प्रोपÞm गुलुय लगायतका अन्य खुद्रा सामानहरू बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त सामान सहित तीन वटै ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय,पथलैया बारामा पठाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

ट्यागहरू :
साझा गर्नुहोस्