बारा प्रहरीले लाखौंको सामान सहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा मातहत प्रहरी चौकी पथलैया,बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार सो ट्रकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोक स्थित वीरगंजबाट मोरङ तर्फ जादै गरेको ना ३ ख ७४४९ नं. को ट्रकलाई रोकी जाँच गरेको हो ।
विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेका ३२लाख ७१ हजार पाँच सय६२ रूपैयाँ बराबरको खुद्रा समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनि प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीले ना ३ ख ७४४९ नम्बरको ट्रकलाई रोकि जाँच गरेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङ्गले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।





