विश्वमा देखिएको युद्धको अवस्थालाई बहाना बनाएर बजारमा कृत्रिम मूल्यवृद्धि नगर्न जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले व्यवसायीहरूलाई आग्रह गरेको छ।
संघका महासचिव प्रकाश गिरीले बिहीबार एक सूचना जारी गर्दै ग्यास, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुहरूको मूल्य मनपरी बढाएर उपभोक्तालाई ठगी नगर्न व्यवसायी तथा पसलधनीलाई सचेत गराएका छन्।
संघका अनुसार सरकारले तोकेको दरभन्दा बढी मूल्य लिनु, वस्तु लुकाएर कृत्रिम अभाव सिर्जना गर्नु वा अनावश्यक रूपमा मूल्य बढाउनु कानुनविपरीत कार्य हो। यस्ता गतिविधि गरेको पाइएमा सम्बन्धित व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने संघले चेतावनी दिएको छ।
संघले सबै व्यवसायीलाई नियमित मूल्यसूचीअनुसार मात्र वस्तु बिक्री–वितरण गर्न तथा उपभोक्तालाई सहज र निष्पक्ष सेवा प्रदान गर्न आग्रह गरेको छ।









