बारामा एक युवकमाथि चक्कु प्रहार

गढिमाइ खबर
169 पाठक संख्या

कलैया : बाराको सदरमुकाम कलैयामा शनिवार साँझ अज्ञात समुहले एक युवकमाथि गम्भिर रुपमा चक्कु प्रहार भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ४ का पुर्ववडा अध्यक्ष समेत रहेका जटाशंकर सहनीका छोरा करिब १८ वर्षका रबिन कुमार सहनीलाई अज्ञात समूहले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका हुन ।

सहनीलाई निजको घर कलैया–४ स्थित कलैया गाउँ घर अगाडि नै ती अज्ञात समुहले चक्कु प्रहार गरेका हुन । जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेशराज भट्टले घटनाको पुष्टि गरेका छन ।

घाइेत युवका बुवा जटाशंकरका अनुसार आक्रमणकारीहरूले छोराको शरीरका विभिन्न भागमा गरी चक्कु प्रहार भएको बताए । चक्कु प्रहार गर्ने समुहले प्रदेश ३–०२–०११ प ४७९१मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएको प्रहरीले जनाएको छ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका युवक सहनीको प्रादेशिक अस्पताल कलैयामा प्रारम्भिक उपचार गराएरथप उपचारका लागि उनलाई यो समाचार तयार गर्दा सम्म वीरगञ्ज लैजाने तयारी भइरहेको परिवार स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराको अनुसार घटना भएको जानकारी पाएलगत्तै सुरक्षाकर्मी घटनास्थलमा पुगेको र घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

साझा गर्नुहोस्