कलैया : नयाँ पुस्ताका युवा (जेनजी)ले गरेको आन्दोलनमा सोमबार प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका बिधार्थीहरु प्रति श्रद्धाञ्जली ब्यतm गर्दै बाराको दुई पालिकाले दुई दिन शोक विदा दिएको छ।
नेपाल शिक्षक संघले भत्र्सना समेत गरेको छ। कलैया उपमहानगरपालिकाले दुई दिन शोक बिदा दिएको हो। उपमहानगर भित्र रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरुमा सहित सम्पूर्ण शैक्षिक संस्थाहरु मंगलबार र बुधबार शोक बिदा दिईएको शिक्षा,युवा तथा खेलकुद महाशाखाका प्रमुख राजिव कुमार यादवले एक सूचना जारी गरी जनाएका छन्।
नयाँ पुस्ताका युवा (जेनजी)को देश ब्यापी प्रदर्शनको क्रममा भएको अप्रिय घटनाले उपमहानगर परिवारलाई स्तव्ध बनाएको छ। आन्दोलनमा घाईत भएका बिधार्थीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
यसैगरी नयाँ पुस्ताका युवा (जेनजी)ले गरेको आन्दोलनमा सोमबार प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका विद्यार्थीहरु प्रति श्रद्धाञ्जलि ब्यतm गर्दै बाराको आर्दशकोतवाल गाउँपालिकाले दुई दिन शोक बिदा दिएको छ।
वडा कार्यालय ,गाउँपालिका भित्र रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरु सहित सम्पूर्ण शैक्षिक संस्थाहरुमा मंगलबार र बुधबार शोक बिदा दिईएको गाउँपालिका प्रमुख जवाहरप्रसाद साहले एक सूचना जारी गरी जानकारी दिएकाछन्। नयाँ पुस्ताका युवा (जेनजी)को देश ब्यापी प्रदर्शनको क्रममा भएको अप्रिय घटनाले गाउँपालिका परिवारलाई स्तबध बनाएको छ। आन्दोलनमा घाईते भएका विधार्थीहरुको शिघ्र स्वास्थ्य लाभको समेत कामना गरिएको छ।
भ्रष्टाचार, बेथिति, सामाजिक सञ्जाल माथिको प्रतिबन्ध विरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नयाँ पुस्ताका युवा (जेनजी)को आन्दोलनमा २४ जना भन्दा बढी युवाहरुको मृत्यु भएको जनाइएको छ। नेपाल शिक्षक संघ कलैया उपमहानगर समितिले नयाँ पुस्ताका युवा (जेनजी)ले गरेको शान्तिप्ुर्ण आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको घटनाको घोर भत्र्सना गरेको छ।
संघका अध्यक्ष सरोजकुमार यादवले मंगलबार एक प्रेस बिज्ञप्ति जारी गरी कर्मठ, युवा तथा निर्दाेश बिधार्थीहरुको निर्मम बर्बर तरिकाले हत्या गरिएको भन्दै भत्र्सना गरेका हुन्। बिज्ञप्तिमा मृत आत्मा चिर शान्तिको कामना तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।









