अनुदान रकम उपलव्ध गराउनु पर्ने माग गर्दै उँखु उत्पादक किसान संघद्वारा गरियो प्रदर्शन

गढिमाइ खबर
198 पाठक संख्या

कलैया : नेपाल सरकारले उँखु किसानलाई प्रतिक्विन्टल रु ७० रुपैयाँको दरले अनुदान रकम उपलब्ध गराउनु पर्ने माग गर्दै उँखु उत्पादक किसान संघ बाराले मंगलबार रिलायन्स सुगर मिल्स एण्ड केमिकल ईण्डष्ट्रिज अगाडी टायर बाली प्रदर्शन गरेको छ।

उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुशवाहाको अगुवाईमा गएको किसानहरुले मिल्सको गेट अगाडी दिउसो तीन बजे टायर बाली प्रदर्शन गरेका हुन्। नेपाल उँखु उत्पादक किसान महासंघको पूर्व निर्धारित कार्यक्रम अनुसार किसानहरुले मिल्सको गेट अगाडी प्रदर्शन गरे। प्रदर्शनमा जिल्लाका उँखु उत्पादक किसानहरुको सहभागिता रहेको थियो ।

उनीहरु सरकार बिरुद्ध चर्काे नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। साउन महिना भरी मांग पुरा नभएमा भाद्र ८ गते देखि काठमाण्डौस्थित माईतीघर मण्डलामा धर्ना बिरोध कार्यक्रम गर्ने लगायतका संर्घषका कार्यक्रम तय गरेको छ। नेपाल उँखु उत्पादक किसान महासंघको २०८२ साल साउन १२ गते उँखु उत्पादन संघ सर्लाही हरिवनको सभाकक्षमा बसेको बैठकले संर्घषका कार्यक्रम गर्ने निर्णय गरेको हो

सरकारले दिने अनुदान प्रति क्वीन्टल रु ७० का दरले हुने करिब एक अर्ब ६० करोड भुल्तानी हुन बांकी रहेको छ। किसानको जायज माँग सम्बोधन गर्न सरकारसंग संघले अनुरोध गरेको छ। आर्थिक बर्ष २०८२/०८३ को उँखुको मूल्य तय गर्न उँखुका किसानका प्रतिनिधिहरु, चिनी उद्योगीहरु र नेपाल सरकारको प्रतिनिधिहरुको बिचमा वार्ता गराएर मात्र उँखुको मूल्य निर्धारण गर्न संघले अनुरोध छ।

सरकारले बजेटको अभाव देखाएर उँखुको अनुदान रकम दिन नसकिने न्याय संगत नरहेको संघको भनाई रहेको छ। चिनी र छुवाको बिक्री बाट सरकारले भ्याट बापत रु ३ अर्ब भन्दा बढी राजस्व प्राप्त गर्दछ । नेपालमा भएका १२ –१३ चिनी मिल उद्योगहरुले आर्थिक बर्ष २०८१/ ०८२ मा २ करोड १६ लाख क्वीन्टल उँखु क्रसिङ्ग गरी एक लाख ८१ हजार मेट्रिक टन चिनी उत्पादन गरेकाछन्। उँखु खेती गर्दा प्रति बिगाहा दुई लाख रुपैयाँ भन्दा बढी लागत लागने गर्दछ। एक लाख किसान परिवार उँखु खेतीमा आश्रित रहेका छन् ।

साझा गर्नुहोस्