मटिअर्वा नाकामा किसानले टायर बालेर गरे सडक अवरुद्ध

गढिमाइ खबर
191 पाठक संख्या

कलैया : सशस्त्र प्रहरीले रासायनिक मल नियन्त्रणमा लिएको भन्दै बाराका किसान आक्रोशित भएका छन्।कलैया उपमहानगरपालिका वडा नम्बर १० स्थित मटिअर्वा नाकामा किसानहरुले टायर बालेर बुधबार प्रदर्शन गरेका हुन्। सशस्त्र प्रहरीले भारतबाट दुई बोरा मल ल्याउने क्रममा नियन्त्रणमा लिएको भन्दै स्थानीय किसान आक्रोशित बनेका हुन्।

प्रदर्शनमा उत्रिएका किसानहरुले खेतीको लागि ल्याइएको मललाई सशस्त्र प्रहरीले अवैध भन्दै नियन्त्रणमा लिएको हो। दशई ठाकुर,राम प्रवेश कुमार, नागेश्वर गुप्ता लगायतका किसानहरुले प्रदर्शन गरेका हुन्।

किसानले कृषि कार्यका लागि मल आवश्यक रहेको भन्दै सहजीकरण गर्न प्रशासन सँग पटक–पटक माग गरे का छन्। यस्को सुनुवाइ नभएको पुर्व वडा अध्यक्ष शंकरप्रसाद गुप्ताले बताएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सीले वास्तविक किसानहरुलाई यकिन गरी समन्वय गर्ने जनाएका छन्।

साझा गर्नुहोस्