कलैया : नेपाल तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा नेपाल तरुण दल बाराले विभिन्न कार्यक्रम गरेको छ।
उसले शनिबार प्रादेशिक अस्पताल कलैयाका बिरामीलाई फलफूल वितरण गर्नुको साथै सरसफाइ समेत गरेको छ।
नेपाली कांग्रेस पार्टी बाराका उप– सभापति मनोज भट्टको प्रमुख आतिथ्यतामा नेपाल तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेलको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको हो।
प्रादेशिक अस्पताल कलैयामा आपतकालीन,आईसीयू,गर्भवती महिला,जेनेरल,अपरेशन वार्डमा रहेका करिब एक सय जना विरामीहरूलाई फलफूल वितरण गरिएको नेपाली कांग्रेस क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति लोकेश सिंहले साझेदारी दैनिकलाई बताए।
स्थापना दिवसको अवसरमा विचार गोष्ठी तथा विभिन्न कार्यक्रम गरी मनाउदै आएको अध्यक्ष पटेलले साझेदारी राष्ट्रिय दैनिकलाई जानकारी गराए।
फलफूल वितरण कार्यक्रममा प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट सुनिल कुशवाहाको विशेष सकृयता रहेको हो। यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली कांग्रेस बाराका जिल्ला सदस्य रविकरण साह,कांग्रेसका नेताहरु राजेन्द्र जैसवाल,चन्द्रिका गुप्ता,कलैया उपमहानगरपालिका वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष जटाशंकर सहनी,नेपाली कांग्रेसका नेता,कार्यकर्ता तथा पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो।