कलैया : सुरक्षा परिषद प्रस्ताव नम्बर –१३२५ र १८२० लाई स्थानीय तहले नजर अन्दाज गर्न नमिल्ने बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनु भएको छ ।
नेपाल सरकार गृह मन्त्रालय काठमाण्डौको आयोजनामा शुक्रबार जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा आयोजित महिला,शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघ,सुरक्षा परिसद प्रस्ताव नम्बर –१३२५ र १८२० कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना २०७९/८०,२०८१/८२ कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे यस्तो बताएका हुन ।
महिला,शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघ,सुरक्षा परिसद प्रस्ताव नम्बर –१३२५ र १८२० को बिषयमा जन मानसमा अमिट छाप छाडनु पर्ने बताएका छन । उनले लैङ्गिक हिंसामा परेका हरुको यकिन तथ्याङ्क राख्नु पर्ने सुझाव दिए ।
उनले स्थानीय तहले सुरक्षा परिषद प्रस्ताव नम्बरको बारेमा छलफल गर्नुपर्नेमा जोड दिए। स्थानीय सरकारले यो प्रस्तावलाई आफनो क्रियाकलापमा राख्नु पर्ने उनको भनाई रहेको थियो ।
जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र कुमार साहको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बोल्दै उनले कार्य योजना कार्यान्वयन स्थानीय समिति यथाशिघ्र गठन गर्नुपर्नेमा जोड दिए । जिल्लाको सबै पालिकाले यो समिति गठन गर्नका लागि उनले आग्रह गरे ।
उक्त कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी बबिता जयसवालले उक्त संयुक्त राष्ट्र संघ,सुरक्षा परिसद प्रस्ताव नम्बरलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिईन । उक्त कार्यक्रममा जिल्लाका १६ स्थानीय तहका प्रमुख तथा,गैर सरकारी संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा बाराका स्थानिय तहहरुमा महिला,शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघ,सुरक्षा परिसद प्रस्ताव नम्बर –१३२५ र १८२० को अवस्था बारे समेत बृहत छलफल गरिएको थियो ।
हालसम्म नेपालमा रहेको ७५३ वटा स्थानिय तहहरु मध्ये महिला,शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघ,सुरक्षा परिसद प्रस्ताव नम्बर –१३२५ र १८२०कार्यान्वयन सम्बन्धी ३४७ वटा स्थानिय तहहरुमा समिति गठन भई सकेको छ । भने ४०६ वटा स्थानीय तहहरुमा यससंग सम्बन्धित समिति अझसम्म गठन हुन सकेको छैन ।
बाराको १६ वटा पालिका मध्ये कोल्हवी नगरपालिका,करैयामाई गाउँपालिका,बारागढी गाउँपालिका र फेटा गाउँपालिकामा समिति गठन भईसकेको छ । बाकी रहेका पालिकाहरुले यस आर्थिक वर्षमा समितिको गठन प्रक्रियालाई प्राथमिकतामा राखी कार्य गर्न प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
कार्यक्रममा गृह मन्त्रालयमा कृष्ण प्रसाद चापागाई,कृष्ण प्रसाद शर्मा लगायतकाले सहजीकरण गरेका थिए। सो कार्यक्रममा सञ्चालन राधा कुमारी श्रेष्ठको रहेको थियो ।









