बैकिङ्ग कसुर मुद्दामा वडा अध्यक्ष पक्राउँ

गढीमाईखवर डट कम
80 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादब/
बैकिङ्ग कसुुर मुुद्दामा प्रहरीले बाराका एक वडा अध्यक्षलाई पक्राउँ गरेको छ ।

पक्राउँ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं.१४ का वडा अध्यक्ष सुुरेन्द्र जैसवाल रहेका छन् ।

उनलाई प्रहरीले जालसाजी गरी चेक काटेको आरोपमा पक्राउँ गरेको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिनुुभयो ।

वडा अध्यक्ष जैसवालले तीन जना ब्यक्तिलाई क्रमस.२० लाख ,१० लाख र ८ आँठ लाखको चेक काटेको थिए ।

पक्राउँ अघि प्रहरीले उनलाई पट्क पट्क रकम तिर्न खातामा रकम जम्मा गर्न भनेपनि अटेरी गरी वडा अध्यक्ष बसेका थिए ।

बिभिन्न कामकोलागि वडा अध्यक्ष जैसवालले ओम पाण्डेको आँठ लाख,राजुु साह कलवारको १० लाख र मधेसप्रदेशका सभामुुख सरोज कुुमार यादबसँग २० लाखको चेक सिद्धार्थ बैँकको दिएपनि नसाटिदा उनलाई पक्राउँ गरिएको हो ।

उच्च अदालत अस्थाई ईजलास बिरगंजको फैसला कार्यान्वयनको सिलसिलामा पक्राउँ गरेको प्रबक्ता थापाले बताउँनुुभयो ।

प्रहरीले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी बारा जिल्ला अदालतबाट पाँच दिनको म्यादको अनुुमती लिई अनुुसन्धान गरिरहेको छ ।

पक्राउँ परेका वडा अध्यक्ष जैसवाल एमालेबाट निर्वाचित वडा अध्यक्ष हुुन् ।

साझा गर्नुहोस्