कलैया उपमहानगरले तीन दिन दियो विद्यालय बिदा

गढिमाइ खबर
174 पाठक संख्या

कलैया : अत्याधिक गर्मी बढेर बिधार्थीहरु मुर्छित हुन थालेपछि बाराको कलैया उपमहानगरपालिकाले उपमहानगर क्षेत्र भित्रको निजी तथा संस्थागत विद्यालयमा तीन दिन बिदा दिएको छ ।

उपमहानगरपालिकाका शिक्षा,युवा तथा खेलकुद महाशाखाका प्रमुख राजिव यादवले मंगलबार एक सार्वजनिक सूचना जारी गरी विद्यालयमा जेठ २८ गते बुधबार देखि जेठ ३० गते शुक्रबार सम्म बिदा दिएको जानकारी दिएका छन। नगर शिक्षा समितिको मंगलबार निर्णय अनुसार विद्यालयमा तीन दिन बिदा दिईएको हो।

असार १ गते आईतबार देखि कक्षा यथावत सञ्चालन गर्न गराउन महाशाखाले अनुरोध गरेको छ।

अत्याधिक गर्मीले यस पालिका अन्र्तगतका केही विद्यालयहरु बाट बालबालिकाहरु मुर्छित भएको जानकारी प्राप्त हुन आएकोले विद्यार्थीको स्वास्थ्यमा पर्न जाने प्रतिकुल असरलाई दृष्टिगत गरी बिद्यालयमा बिदा दिईएको महाशाखाले जनाएको छ ।

साझा गर्नुहोस्