उपचारको लागि आर्थिक सहयोग संकलन हुँदै

गढीमाईखवर डट कम
32 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

रञ्जन यादव/
पौडी खेल्ने क्रममा लडेर घाईते भएका जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ मौलापुरका राजिव सापकोटाको उपचारार्थ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डुमरवानाले आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरेको छ ।

अनेरास्ववियुको नेतृत्वमा संकलन भएको पन्ध्र हजार नौ सय ९५ रुपैया राजिवका बुवा बेदप्रसादलाई हस्तान्तरण गरिएको हो । १० कक्षामा अध्ययनरत राजिवको उपचारका लागि रकम जुटाउन अनेरास्ववियुले डुमरवानामा शनिवार सहयोग संकलन गरेको थियो । हेटौडास्थित मामाघर गएका राजिव शहिद स्मारकमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा लडेर घाईते भएका थिए ।

लडेर मेरुदण्ड भाचिएका राजिवको काठमाण्डौस्थित सुष्मा कोईराला ममोरियल अस्पतालमा उपचार भईरहेको छ । भरतपुरबाट उनलाई थप उपचार गर्न काठमाण्डौ लगिएको हो । उपचारका क्रममा रहेका राजिवको स्वास्थ्यमा सुधार भईरहेको उनका बुवा बेदप्रसादले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर सापकोटाको परिवारले उनको उपचारमा १० लाख भन्दा बढी रकम खर्च गरिसकेको छ । उपचारका लागि आर्थिक अभाव भएपछि स्थानीय स्तरमा सहयोग संकलन अभियान संचालन हुन थालेका हुन् ।

यसअघि योङ निति ब्याण्ड, हिपहप तराई र सिमरा युवा समाजले सिमरामा च्यारिटि सो गर्दै रकम संकलन गरेको थियो । सिमरास्थित मुख्य चोकमा आयोजना गरिएको कार्यक्रमबाट उनन्चालिस हजार पाँच सय रकम संकलन गरी सापकोटा परिवारलाई हस्तान्तरण गरिएको थियो । विभिन्न संघसंस्थाको पहलमा भएको सहयोग संकलन अभियानबाट चार लाख भन्दा बढी रकम उठेको छ ।

घाईते राजिवको स्वास्थ्यमा पूणर् सुधार नआएसम्म चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने भएकाले उपचारमा सहयोग गरिदिन उनका बुवा बेदप्रसादले अपील गरेका छन् ।

साझा गर्नुहोस्