१५ लाखको अवैध मोबाईलसहित एक युवक पक्राउ

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 121
पढ्न लाग्ने समय : 1 मि.

बारा प्रहरीले १५ लाख रुपैयाँको अवैध मोबाइलसहित एक जनालाई बुधबार पक्राउ गरेको छ ।

प्रहरीले भन्सार छलीको मोबाईल लुकाई छिपाई राखेको भन्ने सूचनाका अनुसार बारागढी गाउँपालिका ३ खोपवामा रुपन भन्ने रुपनारायण चौधरीको घरमा खानतलाशी गरेको हो ।

चौधरीको घरमा रितपूर्वक खानतलाशी गर्दा विभिन्न कम्पनीको ५१ थान मोबाइल,सेट,४८ थान चार्जर,व्याट्री नौ थान र मोबाईल कभर १४ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको बाराका निमित्त सुचना अधिकारी एवम् प्रहरी निरीक्षक बिरेन्द्र राज गुरूङले जानकारी दिएका छन् ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।