खशीको मासुमा बाख्राको मासु मिसाएर बिक्री गर्ने तीन वटा फ्रेस हाउसका सञ्चालक पक्राउ

गढिमाइ खबर
242 पाठक संख्या

बारा : जिल्ला प्रशासन कार्यालय बाराले खशीको मासुमा बाख्राको मासु मिसाएर बिक्री गर्ने तीन वटा फ्रेश हाउस सञ्चालकलाई नियन्त्रणमा लिएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा रहेको एक टोलीले बजार अनुगमनको क्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा चोक र वडा नम्बर ९ जितपुर बजारमा रहेको तीन वटा फ्रेश हाउस सञ्चालकलाई नियन्त्रणमा लिएको हो।

अनुगमन टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ४ घर भई वडा नम्बर २ सिमरा चोकमा मासु पसल गरी बस्ने ३१ बर्षिय शेख ओहानलाई १३ के.जि.बाख्रा र खसिको मासु सहित नियन्त्रणमा लिएको हो।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थितमा रहेको प्रबेश फ्रेस हाउसको संचालक २५ बर्षिय रफिक देवान र सोही स्थान बस्ने मुस्कान फ्रेस हाउसका संचालक मिश्री देवानको छोरा १७ बर्षिय अहमुल्ला देवानलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सिमरा बारामा पठाईएको छ।

साझा गर्नुहोस्