प्रमुख प्रशासकीय अधिकृत साहले गरे दालचिनी क्याफेको उद्घाटन

गढिमाइ खबर
196 पाठक संख्या

कलैया : बाराको सदरमुकाम कलैयामा दालचिनी क्याफे सोमबारबाट बिधिवत रुपमा संचालनमा आएको छ ।

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले रिबन काटी कलैया उपमहानगरपालिका वडा नम्बर १ भरत चौक अवस्थित मुख्य बजारमा सो क्याफेको उद्घाटन गरेका हुन्।

प्रमुख प्रशासकीय अधिकृत साहले यस क्याफेले कलैयाबासिलाई भेज खाजा सेट खान बाहिर जानू पर्ने बाध्यता हटाएको जनाए। दालचिनी क्याफेले कलैयाको आर्थिक विकासमा टेवा पुग्ने उनले बिश्वास व्यक्त गरे।

दक्षिण भारतका खाजा सेट ढोसा,ईटली लगायत मोःमो पनिर चिल्ली,चाउमिन भेजको सम्पूर्ण प्रकारका नास्ताहरु सो क्याफेमा उपलव्ध रहेको छ। उद्घाटनको अवसरमा ग्राहकले १५ प्रतिशत डिस्काउन्ट समेत पाउने संचालक बैधनाथ साह कलवारले जानकारी दिए । उक्त क्याफे २० लाख रुपैयाँको लागतमा संचालनमा आएको हो।

उद्घाटन कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी मधेस प्रदेशका सदस्य सुरेश मोदक,नेपाल राष्ट्रिय शिक्षा संगठनका कोषाध्यक्ष जयराम राउत,राजेन्द्र राउत,हृदय राउत कुर्मी,ब्यापारी,नेता,समाजसेवी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।

साझा गर्नुहोस्