कलैया : बारामा एस.ई.ई परिक्षामा प्राविधिक र साधारणतर्फ कुल परिक्षार्थी ९ हजार ६ सय ७९ जना बिद्यार्थी सहभागी हुने शिक्षा बिकास तथा समन्वय इकाई बाराका प्रमुख हेमराज खतिवडाले जानकारी दिएका छन् ।
एसईई परिक्षामा कुल ४२ वटा केन्द्र रहने तथा सामुदायिक बिधालय १ सय ५ र निजि बिधालय ४७ गरि कुल १ सय ५२ वटा बिधालय संलग्न रहेको शिक्षा इकाई प्रमुख खतिवडाले बताए ।
जिल्ला परिक्षा समन्वय समितीको टिमबाट परिक्षा अवधीभर निरन्तर अनुगमन गरि शान्तिपूर्ण र मर्यादित वातावरणमामा परिक्षा संचालन हुने परिक्षा प्रमुख उपेन्द्र चौधरीले बताए ।
यसैगरी एसईई परिक्षामा अमर्यादित क्रियाकलाप गर्नेलाई क्षाम्य नहुने जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताएका छन् ।
एसईई परिक्षा संचालन तथा व्यवस्थापनका लागि सम्बन्धी माध्यमिक विधालयका प्रधानाध्यापकहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रममा आईतबार प्रमुख जिल्ला अधिकारी अधिकारीले यस्तो बताएका हुन् ।
छलफल बैठकमा उठेको कुरालाई मार्गदर्शनको रुपमा लिने उनले बताए । एसईई परिक्षा मर्यादित तरिकाले हुने तथा परिक्षामा गलत क्रियाकलाप गर्नेलाई छुट नहुने समेत बताएका छन् । उहाले परिक्षाका लागि १२ देखि १५ जना बैकल्पिक केन्द्राध्यक्षको रोस्टरमा नाम राख्न शिक्षा प्रमुखलाई आग्रह गरेका छन् ।
केन्द्राध्यक्षको नियत खराब देखियो भने क्षम्य नहुने तथा एस.ई.ई परिक्षामा प्रवेश कार्ड बिना आफू पनि प्रवेश गर्दिन र जनप्रतिनिधि एवम् अरु जनालाई पनि केन्द्र भित्र प्रवेश गर्न दिदैन प्रजिअ अधिकारी बताए ।
विरोध जहिले पनि पावरको हुने र परिक्षा संचालनको बेला केन्द्राध्यक्षको पावर सबै भन्दा बढी हुने र केन्द्राध्यक्षको असल नियत भैइ दियो भने परिक्षा मर्यादित हुने प्रजिअ अधिकारीले बताए ।
त्यस्तै प्रश्न आउट भनेको जघन्य अपराध हो,परिक्षा केन्द्रबाट कसले प्रश्न आउट गर्यो त्यो पनि थाहा पाई हाल्छ,उनले भने । प्रश्न आउट भयो भने त्यसको सम्पुर्ण जिम्मेवारी केन्द्राध्यक्षले नै लिनु पर्ने उनले बताए । सञ्चारकर्मीहरुका लागि हरेक दिन परिक्षा सक्ने वितिकै प्रेस विज्ञप्ति जारी हुने प्रजिअ अधिकारीले बताए ।
परिक्षा मर्यादित गर्ने तथा कानुनको पालनमा गर्ने सवालमा हाम्रो टिमले सस्कत काम गर्ने समेत उनले बताए । परिक्षामा विकृतिलाई संस्कृति बन्न दिदैन,परिक्षा समयमै संचालन हुने उनले बताए । परिक्षा सुरु हुनु भन्दा अगाडि केन्द्राध्यक्षले आफ्नो टिमलाई ओरिएन्टेशन दिन प्रजिअ अधिकारीले आग्रह गरेका छन् ।
यसैगरी सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले सुरक्षाको कारण एसईई परिक्षा अमर्यादित नहुने र केन्द्र बाहिर र भित्रको जिम्मा परेको बेला सुरक्षा निकायले लिने बताए।
सो छलफल तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र कुमार साह रहनु भएको थियो । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला परिक्षा समन्वय समितिका अध्यक्ष समेत रहेका अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुम बहादुर के.सी,राष्ट्रिय अनुसन्धान उप– निर्देशक बाराका प्रमुख दिपक खड्का,ज्वाला दल गण ब्रहमपुरीका सेनानी कुमार खड्का,केन्द्राध्यक्ष तथा सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियोे ।









