बारामा श्रोत नखुलेको दस लाख रुपैयाँसहित दुई जना पक्राउ

गढिमाइ खबर
170 पाठक संख्या

कलैया : बारा प्रहरीले श्रोत नखुलेको दस लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट डुमरवानाले जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ पैनी टोल स्थित कलैया पिलवा सडक खण्डमा तालुक ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको चेकिङ प्रहरी टोलीले गाडीहरु जाँच गर्ने क्रममा उक्त श्रोत नखुलेकोको रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।

कलैयाबाट मोरङ बिराटनगर तर्फ जादै गरेको तामाको भाडाहरु बोकेको म.प्र.०३–००१ च ८०७३ नं.को पिकअप गाडी रोकी जाच गर्ने क्रममा चालक बस्ने सिटको बाया साईड सह–चालक सिट मुनी कालो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा नेपाली रु.१००० ( ४ वटा बन्डलमा ८०० थान ) गरी जम्मा आठ लाख र नेपाली रु. ५०० ( २ वटा बन्डलमा ४०० थान ) गरी ने.रु.दुई लाख गरी जम्मा दश लाख रुपैयाँ बरामद गरिएको छ ।

पक्राउ पर्नेमा गाडी चालक पर्साको सखूवाप्रसौनी गाउँपालिका– १ दोहरी टोलका ३२ वर्षीय अनिल पटवारी थारु र सोही गाडीमा सहचालकको सिटमा सवार जिल्लाको बीरगंज महानगरपालिका वडा नं.१५ लक्ष्मनवा बस्ने ३१ वर्षीय ओम प्रकाश यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

सो पैसा बारे सोधपुछ गर्दा उनीहरुले पैसाको स्रोत खूलाउँन नसकेको हुँदा उक्त पैसा,गाडी ,गाडी चालक ओम प्रकाश यादवलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सिमरामा पठाईएको र थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता सापकोटाले बताए।

साझा गर्नुहोस्