लागूऔषध गाँजासहित दुई जना पक्राउ

गढिमाइ खबर
337 पाठक संख्या

कलैया । बारा प्रहरीले लागूऔषध गाँजासहित दुई जना पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ५ सोनाभार स्थित दिनदयाल चौधरीको घरमा लागू औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त लागू औषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको कोल्हवी नगरपालिका -५ सोनाभार टोल बस्ने अन्दाजी ५० वर्षीय रमोद चौधरी र सोही ठाउँमा बस्ने दिनदयाल चौधरीको श्रीमति अन्दाजी ५२ वर्षकी मनमती देवी चौधरी रहेको प्रहरीले जनाएको छ ।

चौधरीको घरमा खानतलासी गर्दा रातो रंगको प्लाष्टिकले बेरी राखेको २१ पोका – १ सय ७० किलो लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ ।

उक्त दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहिको प्रकृया अगाडि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

ट्यागहरू :
साझा गर्नुहोस्