माधवनारायण नगर प्रमुख यादवद्वारा तीन सय परिवारलाई राहत

गढिमाइ खबर
212 पाठक संख्या पढ्न लाग्न समय 4 मिनेट
पढ्न लाग्न समय 4 मिनेट

रौतहट : रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले बाढी प्रभावित परिवारलाई राहत वितरण गरेका छन्। यादवले शनिबार तीन सय भन्दा बढी परिवारलाई राहत सामग्री वितरण गरेका हुन्।

बाढीबाट प्रभावित भएका माधवनारायण नगरपालिका–७ लौकाहा र फुलवरियाका तीन सय भन्दा बढी परिवारलाई मेयर यादवले राहत बाँडेका हुन्। अविरल वर्षाका कारण गएको असोज १२ गते बागमती नदीमा आएको बाढीले प्रभावित भएका नागरिकहरुलाइ तत्कालका लागि केही सहयोग होस भन्ने उद्देश्यले राहत वितरण गरेका हुन्।

मेयर यादवले प्रति परिवार २५ किलो चामल, २ किलो खाने तेल,नुन,चिनी,३ किलो दाल,५ किलो चिउरा लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्। चर्को घामको कुनै प्रवाह नै नगरि ट्ण्ट्लापुर घाममा घण्टौ लाइन लागेर बाढी प्रभावित व्यक्तिहरु राहत लिन पुगेका हुन्।

लौकाहा फुलवरियामा बाढीबाट करिव सात सय २२ जना भन्दा बढी परिवार प्रभावित भएको वडा अध्यक्ष दिलिप यादवले जानकारी दिएका छन्।

पहिलो चरणमा तीन सय परिवारलाई राहत बाडिएको र बाकी करिव ५ सय परिवारलाई चाडै दोस्रो चरणमा राहत उपलब्ध गराउने वडा अध्यक्ष यादवले बताए ।

आरडिसि नेपाल र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा उक्त राहत सामग्री वितरण गरिएको हो। बाढी प्रभावित नागरिकलाई तत्काल खानाको आवश्यकता रहेको कारण उनीहरुलाई खाद्यान्न सामग्रीको खाचो रहेको अवस्थालाई दृष्टिगत गरी लौकाहा फुलवरियाका तीन सय नागरिकलाई उक्त खाद्यान्न सामग्री बितरण गरिएको नगर प्रमुख यादवले बताएका छन ।

बाढी प्रभावित वडा नम्बर ६ माधोपुर र वडा नम्बर ८ खडकि रजवडामा पनि चाडै राहत सामग्री बितरण गर्ने मेयर यादवले बताए ।

असोज १२ गते बागमती नदीमा आएको बाढिका कारण ६,७ र ८ नम्बर वडाका करिव तीन हजार भन्दा बढी परिवार प्रभावित भएको मेयर यादव बताउछन् ।

प्रभावित परिवारहरुलाइ अहिले तत्काल ग्रामीण विकास केन्द्र नेपाल आरडिसि र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग मा राहत बितरण गर्ने काम भइरहेको उनले बताए ।अरु दातृ निकायको सहयोग र नगरपालिकाबाट पनि प्रभावित नागरिकलाई दोस्रो चरणमा थप राहत बितरण गर्न प्रायसरत रहेको मेयर यादवले जानकारी दिए।

बागमती नदीको बाढी तट्बन्ध कटान गरी बस्तिमा पस्दा नगरपालिकाको तीनवटा वडामा व्यापक जनधनको क्षति पु-याएको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाइएको धान,उखु र तरकारी बालि समेत नष्ट हुँदा करोडौंको क्षति भएको छ ।

त्यस्तै हजारौं बिघा पोखरीको माछा समेत बाढीको पानीले बगाइदिएका कारण माछा पालक किसानलाई पनि करोडौंको क्षति भएको छ। बाढीबाट क्षति भएका घर,धान,पोखरी र तरकारीको विवरण संकलन गर्ने काम भइरहेको मेयर यादव बताउँछन्। विवरण संकलन भएपछि उनीहरुलाई राहत उपलब्ध गराउने उनले बताए ।

विभिन्न संघ संस्था,केन्द्र सरकार एवं प्रदेश सरकारको सहयोग तथा नगरपालिकाबाट सबै पीडितहरुलाइ राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन आफूले काम गरिरहेको मेयर यादवको भनाइ छ ।
बाढीले घरका सबै अन्नपात,कपडा बगाइदिएका कारण एकछाक टार्न समेत समस्या भइरहेका प्रभावित नागरिकहरु राहत पाएपछी निकै खुसी भएका छन ।

बिपत र दुखका बेला अरु सरकार नाआए पनि स्थानीय सरकारका प्रमुख यादवले थोरै भएपनि उप्नलब्ध गराएको खाद्यान्न सामग्रीले आफूहरुले ठूलो राहत पाएको भन्दै उनीहरुले सहयोगि संस्था र नगर प्रमुखलाई धन्यवाद दिएका छन्।

दुखका बेला राहत दिएर आफुहरुको दुखमा मलहम लगाउने काम गरेको भन्दै उनीहरुले मेयर यादवको खुलेर प्रशंसा समेत गरेका छन्।

राहत वितरण कार्यक्रममा आरडिसि नेपालकी उपाध्यक्ष ममता,अन्य कर्मचारी तथा वल्र्ड भिजन ईन्टरनेशनल नेपालका कर्मचारी एवं प्रहरीको सहभागिता रहेको थियो ।

साझा गर्नुहोस्