वीरगञ्ज भन्सारद्वारा साउन महिनामा १२ अर्ब राजश्व संकलन, २८ प्रतिशतले कम

गढिमाइ खबर
199 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना साउनमा १२ अर्ब भन्दा बढी राजश्व वीरगञ्ज भन्सार कार्यालयले संकलन गरेको छ ।

साउन महिनामा कुल १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार बराबरको राजश्व संकलन गरेको हो । साउनमा आयातबाट चार अर्ब ९७ करोड ५२ लाख ३८ हजार राजश्व संकलन भएको छ ।मूल्य अभिवृद्धि करबाट चार अर्ब ५८ करोड ५६ हजार राजश्व संकलन भएको छ ।

अन्तः शुल्कबाट ९४ करोड ४१ लाख ९१ हजार राजश्व संकलन भएको छ । साउन महिनामा भन्सार विभागले दिएको राजश्व लक्ष्य भन्दा भने २८ प्रतिशतले कम रहेको हो ।

साउन महिनामा बिभागले वीरगञ्ज भन्सारलाई १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजश्व उठाउन लक्ष्य दिएको थियो ।

साउन महिनामा सबै भन्दा बढी वीरगञ्ज भन्सारबाट पेट्रोलियम पदार्थ डिजेल,पेट्रोल आयात भएको पाइएको छ । सो नाका भएर मोटरसाईकल,एलपि ग्याँस,जिप कार भ्यान लगायतका बस्तुहरु मुख्य रुपमा आयात भएका छन् ।

जुस जाम,फलामे पाता,पिना,जमोठ कपडा लगायतका बस्तुहरु निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ ।

साझा गर्नुहोस्