७१ लाख ६७ हजार बराबरको अबैध समान सहित ट्रक प्रहरीको नियन्त्रणमा

गढिमाइ खबर
171 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

बारा प्रहरीले आइतबार राति अवैध सामान सहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ट नायब निरीक्षक त्रीभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज चोक स्थितमा वीरगंजबाट चितवन तर्फ जादै गरेको ना३ ख ३९५० नम्बरको ट्रकलाई रोकी जाँच गरेको हो ।

बिलबिजक भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको र सपोटीङ बिल नभएकोअं.मुल्य रू. ७१ लाख ६७ हजार ५ सय ३४ रूपैया बराबरको कस्मेटिक,फैन्सि क्लोथ रेडिमेड,मिल पार्टस लगायतका अन्य खुद्रा सामानहरू समेत ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय,पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

साझा गर्नुहोस्