कलैया । भोलि हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बारा जिल्ला मा मतदान स्थलको निर्माण अन्तिम चरणमा पुगेको छ ।
अब केहि घण्टा मात्र बाकी रहदा बारा जिल्ला को ४ वटै निर्वाचन क्षेत्रमा रहेको मतदान स्थलको निर्माण को काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।
मतदान केन्द्रमा पुग्दा त्यहाँ निर्वाचनको तयारीका लागि धमाधम काम भइरहेको छ । सदरमुकाम कलैया सहित अन्य अधिकांस ठाउँ को निर्माण को काम सकिएको त्यहा स्थित मतदान अधिकृत ले जनाएका छन् । केही ठाँउ मा भने अझै समय लाग्ने देखिएको छ । जिल्ला को ग्रामीण भेगमा अबेर राती सम्म मतदान स्थल को निर्माण सम्पन्न हुने देखिएको छ । यद्यपि बारा निर्वाचन क्षेत्र नम्बर ३,४ को अधिकांस मतदान स्थलको निर्माण काम सकेर मतदान अधिकृत सहित कर्मचारीहरु आन्तरिक काममा जुटेका छन् ।
मतदानका लागि मतदाताको चाप अनुसार मतदान केन्द्रमा बुथको ब्यवस्थापन भएको निर्वाचन कार्यालय बाराले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय बाराले निर्वाचन सुरक्षा को लागी सम्पुर्ण मतदान स्थल मा म्यादी प्रहरी सहित सुरक्षाकर्मी परिचालन भएको जनाएको छ ।
सशस्त्र प्रहरी ले पनि सुरक्षा लाई मध्यनजर गर्दै गस्ती टोलि बढाएको छ । बारामा ३०५ वटा मतदानस्थल र ५५५ मतदान केन्द्र र एउटा अस्थायी मतदान केन्द्र रहेको छ । अस्थायी मतदान केन्द्रमा समानुपातिक को भोट कर्मचारीहरुको लागि ब्यवस्था गरिएको छ ।