माटोको बाँध बनाउन उपभोक्ता समितिलाई २० लाख बढी भुक्तानी

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 2 मिनेट

राम मण्डल/
वीरगञ्ज महानगरपालिकामा रहेको भेडाहा खोलामा बाढी नियन्त्रणको लागि बाँध बनाउने क्रममा उपभोक्ता समितिलाई महानगरले बढी भुक्तानी गरेको पाइएको छ ।

भेडाहा खोलामा आउने बाढी नियन्त्रणको लागि आर्थिक बर्षमा माटो पुरी बाँध निर्माण गर्दा उपभोक्ता समितिलाई महानगरले लाखौ बढी रकम भुक्तानी गरेको हो ।

आर्थिक बर्ष २०७७/७८ मा महानगरले माटो पुरेर बाँध निर्माण गर्नेक्रममा दुई वटा उपभोक्ता समितिमार्फत काम गराउदा २० लाख भन्दा बढी रकम महानगरले समितिलाई भुक्तानी गरेको हो ।

महालेखा परिक्षकको कार्यालयले जारी गरेको २०७९ को बार्षिक प्रतिबेदनमा नेपाल सरकारद्वारा जारी गरिएको नम्स अनुसार लागत अनसमान तयार गर्नुपर्ने भएपनि महानगरले आफै लागत अनुमान तयार गरेको दर बिशलेषण अनुसार बढी भुक्तानी भएको जनाइएको छ ।

२०७७÷७८ सालमा माटो पुरी बाँध निर्माणको दिइएको भुक्तानीको गोश्वारा भौचर नम्बर ४१५ मा भेडाहा खोला नदी नियन्त्रण उपभोक्ता समितिलाई ५८ हजार ३४० दशमलव ५६ घनमिटरको लागि रु.३३ लाख ९३ हजार ९९ भुक्तानी गरिएको छ ।

महालेखाका अनुसार सोमा २० दशमलव ६९ बढी दर घनमिटर भुक्तानी गरिएको जस अनुसार उपभोक्ता समितिलाई महानगरले १२ लाख ७ हजार ६६ रुपैया बढी भुक्तानी दिएको महालेखाले जनाएको छ ।

यस्तै सोही आर्थिक बर्षमा अर्को उपभोक्ता समिति भेडाहा खोला नियन्त्रण उपभोक्ता समितिले पनि माटो पुरी बाँध निर्माण गर्दा बढी भुक्तानी गरिएको छ ।उक्त उपभोक्ता समितिले ४२ हजा ८४१ घनमिटरको कार्य सम्पन्न गर्दा समितिलाई महानगरले २४ लाख ९४ हजार ६१६ रुपैया भुक्तानी दिएको छ ।

यसमा पनि प्रति घनमिटर २० दशमलव ६९ ले समितिलाई ८ लाख ८६ हजार ३८० रुपैया बढी भुक्तानी गरिएको महालेखाको प्रतिबे्दनमा उल्लेख रहेको छ ।यसरी हचुवाको भरमा महानगरले नदी नियन्त्रणको नाममा उपभोक्ता समितिलाई बढस् भुक्तानी दिएको बापतको रकम असुल उपर गर्न पनि निर्देशन दिएको छ ।

वीरगञ्ज महानगरको ग्रामीण क्षेत्रमा पर्ने भेडाहा खोलामा बर्षेणी आउने बाढीले महानगरको वडा नम्बर २८,३०,३१,२२ का मा बालीनालीको ब्याप्क रुपमा क्षति गनर्दै आएको छ ।तर, महानगरले त्यहाँ पक्की बाँध निर्माण गर्नुपर्नेमा माटो पुरेर बजेट पचाउने र आफना कार्यकर्ता पोस्ने कार्य गर्दै आएको त्यस क्षेत्रका महानगरबासीको भनाई छ ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *