काँग्रेसको महाधिवेशनमा संविधानसभा सदस्य सहित उपमेयर नै पराजीत

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बारा जिल्लामा सम्पन्न क्षेत्रीय अधिवेशनमा
संविधानसभा सदस्य सहित निर्वाचित उपमेयर समेत महाधिवेशन प्रतिनिधीमा पराजित भएका छन ।

सर्वसहमतीबाट नेतृत्व चयन हुन नसके पछि बाराका सवै निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो ।

प्रतिनिधी सभा निर्वाचन क्षेत्र अन्तरगत चार वटा निर्वाचन क्षेत्र रहेको बारामा अधिवेशमा कतिपय पुराना तथा वहालवाला निर्वाचितहरु नै पराजित भएका छन ।
बारा क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधीमा उम्मेदवार बनेका संविधानसभा सदस्य लालबाबु सिंह पराजित भएका छन ।

बारा क्षेत्र नम्बरबाटै जीतपुरसिमरा उपमहानगरपालिकामा मेयर पदका प्रत्यासी कृष्णब्रत सिंह समेत महाधिवेशन प्रतिनिधीमा पराजीत बनेको हुन ।

यस्तै नेपाली काँग्रेस बारा जिल्ला सभापति समेत रहेको जयचन्द चौरसिया पनि महाधिवेशन प्रतिनिधीमा पराजीत भएका हुन ।

यस्तै कलैया उपमहानगरपालिकाकी उपमेयर रहिमा खातुन समेत महाधिवेशन प्रतिनिधीमा पराजीत भएकी छिन ।

उपमेयर खातुन मुस्लीम महिलातर्फ महाधिवेशन प्रतिनिधीका लागि निर्वाचन लडेकी थिईन ।

उनलाई २७ बर्षिय तबस्सुम आरा अन्सारीले हराएकी हुन ।

उपमेयर खातुनले २६० मत ल्याउदा आरा अन्सारीले २८६ मत ल्याएर महाधिवेशन प्रतिनिधीमा विजयी भएकी हुन ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *