बारामा ४ जना प्रशासकीय अधिकृतको अभावले सेवाग्राही मारमा

गढिमाइ खबर
पढ्न लाग्न समय 2 मिनेट

बारामा ४ जना प्रशासकीय अधिकृतको अभावले सेवाग्राही मारमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय बारामा अत्याधिक सेवाग्रहीहरुको चाँप बढेको छ ।

कलैया स्थित रहेको प्रशासन कार्यालयमा सेवा लिन आउनेहरुको भिड नै लाग्ने गरेको छ । विभिन्न सेवाका लागि प्रशासन कार्यालयमा आएका सेवाग्रहीहरुको लाम्बद्ध लाईने नै हुने गरेको छ ।

जिल्लाका विभिन्न स्थानहरुबाट सेवा लिन आएका सेवाग्रहीहरुले सहज रुपमा सेवा पाउन सकेका छैन ।

नागरिकता लगायत अन्य काम विशेषले जिल्ला प्रशासन कार्यालय आउने सेवाग्रहीहरु समयमै काम नभएर हैरान छन ।

पहिले देखिनै प्रशासन कार्यालयमा सेवाग्रहीको चाप बढ्ने गरेपनि अहिले केही महिनादेखी थप भिड् बढ्को छ ।

जिल्लाका विभिन्न स्थानहरुमा मानिसहरुलाई सेवा लिन सहज र पायक पर्ने स्थानहरुमा ईलाका प्रशासन कार्यालयहरु पनि स्थापना भएका छन । तर ईलाका प्रशासन कार्यालयहरु पनि ठप्प झै भएपनि सदरमुकाम कलैया स्थित प्रशासन कार्यालयमा चाँप बढेको हो ।

यसरी जिल्ला प्रशासन कार्यालय बारामा सेवाग्रहीहरु सहज रुपमा सेवा लिन नपाउनु र बेतिथी चाँङ्ग बढ्दै जानुमा मुख्य कारण भनेकै कर्मचारीका अभाव हो । प्रशासन कार्यालयमा तीन वटा प्रशासकीय अधिकृतले गर्नुपर्ने काम अहिले एक जना अधिकतले मात्र गर्दै आएका छन ।

जिल्लाका तीन स्थानहरुमा नागरिकता लगायतका सेवा दिन ईलाका प्रशासन कार्यालयहरु खोलिएका छन । जीतपुरसिमराको सिमरा, कोल्हवीको कोल्हवीमा र सिम्रौनगढमा ईलाका प्रशासन कार्यालयहरु छन ।

तर यी इलाका प्रशासन कार्यालयमा अधिकृत नहुदा सेवा नै ठप्प भएका छन । इलाकाबाट सेवा नपाएपछि अहिले सेवाग्रहीहरु जिल्ला प्रशासन कार्यालय धाउन थालेका हुन।
प्रशासन कार्यालयमा कर्मचारी कर्मचारीहरु नै नहुदा लामो यात्रा गरेर आएका सेवाग्रहीहरु दिनभर लाईन बसेर पनि काम हुने गरेको छैन ।

कार्यालयमा बिहान ८ बजेदेखि नै लाईनमा बसेर पनि काम हुन नसकेको कार्यालय परिसरमा भेटिएका सेवाग्राही राम पासवानले गुनासो सुनाए ।दुःखेसो व्यक्त गरे ।

जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउँदा एक दिनको काममा हप्तौं लाग्ने गरेको र शाखा अधिकृत नहुँदा काम नभई घर फर्किने अवस्था रहेको अर्का एक सेवाग्राहीले बताए ।

प्रशासन कार्यालयमा सवैभन्दा बढि प्रतिलिपी लिन आउने सेवाग्राहीले बढि दुख पाउने गरेका छन । प्रतिलिपी नागरिकता लिन हप्तादेखी महिनौसम्म लाग्ने गरेको एक सेवाग्रहीले गुनासो सुनाए ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *