भन्सार छलीको समान लोड रहेको ट्रक नियन्त्रणमा

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 92
पढ्न लाग्ने समय : 1 मि.

भन्सार छलीको सामान सहित पर्सा प्रहरीले मालवाहक ट्रकलाई वीरगञ्जबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीले बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकमा चेकजाँच गरेको थियो ।

ना.३ ख २७७ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा ट्रकमा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको प्रहरीले बताएको छ।

ट्रकमा ७९ लाख ५६ हजार बराबरको सामान लोड रहेको तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया,बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिएका छन ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।