खोरमा राखिएको बाघको पालनपोषणमा निकुञ्ज प्रशासनलाई चुनौती

गढिमाइ खबर
137 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादब/
बाराको आधाभार स्थित पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको दुईवटा बाघको पालनपोषणमा निकुञ्ज प्रशासनलाई चुनौती थपिएको छ ।

२०७९ सालको चैतमा पर्साको ठोरी गाउँपालिकाबाट उद्धार गरी ल्याइएको बाघ र २०८० सालको असार २३ गते चितवनबाट उद्धार गरी ल्याइएको बाघ गरी दुईवटा बाघ निकुञ्जको खोरमा रहेको सहायक संरक्षण अधिकृत सन्तोष भगतले जानकारी दिए ।

भदौको तेस्रो साता ठोरी गाउँपालिकाकै सुवर्णपुरबाट नै ल्याइएकी नरभक्षी बघिनीको खोरमै मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ । खोरमा रहेका नरभक्षी बाघहरूमध्ये एउटालाई दैनिक पाँच किलो राँगाको मासु खान दिनुपर्ने निकुञ्जका अधिकारीहरू बताउँछन् ।

एउटा बाघको आहारामा मात्र दैनिक झन्डै छ हजार रुपैयाँ खर्च हुने गरेको र खोरमा राखिएका बाघ स्याहारमा समेत अतिरिक्त कर्मचारी चाहिने भएकाले उक्त काम चुनौतीपूर्ण रहेको भगत बताउछन् ।

साझा गर्नुहोस्