हात्तीसारमा रहेको हात्ती गौरीकलीको मृत्यु

गढिमाइ खबर
456 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादब/
पर्सा राष्ट्रिय निकुञ्चको अमलेखगन्ज स्थित हात्तीसारमा रहेको एक मात्र हात्ती गौरीकलीको मृत्यु भएको छ । ६९ वर्षिया गौरीकलीको मृत्यु निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोषकुमार भगतले जानकारी दिनुभयो ।गौरीकली घटस्थापनाको दिन अशक्त भई लडेयता उठन सकेको थिएन ।

वृद्धावस्था र अशक्तताको कारण उसको मृत्यु भएको सहयाक संरक्षक अधिकृत भगतले बताउनुभयो ।नौ दिन देखि उठ्न नसकेको गौरीकलीले आहाराको रुपमा पानी र घाँस मात्र खाई रहेको थियो ।सन् १९५४ मा भारतमा जन्मिएकी गौरीकली सन् १९८४ मा अमलेखगन्ज हात्तीसारमा ल्याइएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

गौरीकलीको मृत्यु भएपछि अब अमलेखगन्ज हात्तीसार हात्तीविहिन भएको छ । मृत्यपछि निकुञ्जकै पशु चिकित्सकले पोष्टमार्टम गरेर हात्तीसार परिसरमै धार्मिक विधिसहित गौरीकलीको खाल्डो खनेर सदगत गरिएको थियो ।

 

साझा गर्नुहोस्