रञ्जन यादव/
४४ औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार बाराको सिमरा विमानस्थलमा बुद्धएयरबाट आएका पर्यटकहरुलाई स्वागत र सम्मान गरिएको छ ।
बाराको सिमरा विमानस्थलमा काठमाडौंबाट बुद्धएयरको पहिलो फलाइटबाट सिमरा आएका यात्रुहरुलाई समेत स्वागत सम्मान गरिएको छ ।
सिमरा एयरपोर्टमा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल र नाटा मधेश प्रदेश अध्यक्ष मोहन शर्माले यात्रुहरुलाई अविर र खादा लगाएर सम्मान गरेका हुन।
पर्यटकहरुलाई अबिर, खादा लगाएर र पानी बितरण गरिएको थियो । त्यस्तै ’बिश्व पर्यटन दिवस २०८० ’लाई ’हरित लगानि ’ उत्सव नाराको साथ बारा जिल्ला स्थित सबै होटल, लज,रिसोर्ट तथा रेस्टुरेन्टहरुमा कोठा र खानामा छुट दिने भएको छ ।
असोज ९ गतेदेखि असोज १५ गतेसम्म एक हप्ता २५% छुट अफर घोषणा गरिएको नाटाका मधेश प्रदेश अध्यक्ष शर्माले जानकारी दिएका छन ।









