कलैया । बारा क्षेत्र नं. ४(क) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी विजयी हुनु भएको छ ।
चौधरीले १३ हजार ६ सय ९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले ९ हजार ९ सय ८९ मत पाएका छन् । चौधरी ३ हजार ६ सय २० मतको मतान्तरले निर्वाचित भएका हुन् ।
त्यस्तै तेस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार सन्तोष कुशवाहाले चार हजार एक सय ४१ मत प्राप्त गरेका हुन् ।