रञ्जन यादब/
जितपुरसिमरा उपमहानगर क्षेत्रका व्यवसायीहरुलाई कर शिक्षा सम्वन्धी तालिम प्रदान गरिएको छ ।
नगर उद्योग बाणिज्य संघले आफ्नो सभाहलमा एक कार्यक्रमको आयोजना गरी कर शिक्षा कार्यक्रम संचालन गरेको हो ।
व्यवसायी तथा उद्योगीहरुलाई कर तथा राजस्व सम्वन्धी जानकारी र आन्तरिक राजश्व कार्यालयमा वुझाउनुपर्ने कागजात चुस्तदुरुस्त राख्ने सम्वन्धी जानकारी दिइएको छ ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख राजकुमार खतिवडाले उद्योगी तथा व्यवसायीहरुलाई करको दायरा र राजश्व समयमै तिर्दा हुने फाइदा र वेफाइदाहरु बारे जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका खतिवडाले कुनैपनी व्यवसायी र उद्योगीहरुलाई कार्यालयले दुःख दिने मनसाय कहिले नराख्ने भन्दै अति सामान्य कुरामा ध्यान नदिँदा पछी ठुलो समस्या आइपर्ने भएकाले राज्यलाई कर तिर्न ठिलासुस्ती गर्न नहुने धारण राखे ।
कार्यक्रममा कार्यालयका कर अधिकृत पप्पु कुमार गुप्ताले सहभागीहरुलाई प्रशिक्षण दिएका हुन् ।
कार्यक्रम वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको सभापतित्वमा सम्पन्न भएको हो ।