रञ्जन यादब/
बाराको निजगढमा ग्यारेजबाट ट्रायलका लागि निस्केको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ग्यारेजका मिस्त्री २० वर्षीय दिनेश चौधरी रहेका छन् ।निजगढ ८ स्थित श्री बाबा एनकेडी ग्यारेजबाट मर्मत गरेर जाँचका लागि निस्किएको ना६३प ८४४७ नम्बरको मोटरसाइकललाई नारायणगढबाट धरानतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९७९३ नम्बरको बसले ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक कोल्हबी नगरपालिका ३ जुगवाका चौधरीको घटनास्थलमै मृत्युु भएको हो ।
बसले ठक्कर दिएपछी चौधरीले चलाएको मोटरसाइकल ना ३ स ९२३७ नम्बरको इरिक्सामा ठोक्किन पुगेको थियो ।
मोटरसाइकलले ठक्कर दिएपछी अनियन्त्रित भएको उक्त इरिक्सा प्र २–०३–००१ ह १०६६ नम्बरको अटोसंग ठोक्किएको थियो।
रिक्साको ठक्करबाट अटो चालक निजगढ १२ लालका २४ वर्षीय सुकराम बोम्जन, अटोमा सवार सोही ठाँउका २२ वर्षीय सानतेन लामा र जीतपुरसिमरा १६ का २१ वर्षीय कुलबहादुर थिङ घाइते भएका छन् ।
घाइतेमध्ये लामालाई निजगढबाट थप उपचारका लागि वीरगन्ज लगिएको प्रहरीले जनाएको छ ।प्रहरीले बस चालक सिरहा १२ का अजय ठाकुरलाई नियन्त्रणमा लिएको छ ।