राम मण्डल/
पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ निवासी ५६ बर्षिय कान्ति देबी बिनको हत्यामा सँलगनलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
उनको हत्यामा सँलगनलाई पक्राउ गरि पर्सा प्रहरीले मँगलबार पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरि बिनको हत्यामा सँलगन रहेका ३६ बर्षिय भुटा भनिने लालबाबु राउत बिन,५९ बर्षिय चन्द्रिका राउत बिन र ५७ बर्षिय अमिरिका राउत बिनलाई सार्बजिनक गरेको हो ।
तीनै जना मध्ये पक्राउ परेका लालबाबु बिनका देवर हुन भने चन्द्रिका र अमिरिका जेठाजु हुन ।
तीनैजनाले महिला बिनले घरमा राखेको रकम लुटपाट गर्न चोरी गर्ने बेलामा पक्राँउ परिने डरले हत्या गरेको भनि खुलेको पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिए ।
मृतक महिलाका छोराले बिदेशबाट घरमा पठाएको साढे दुई लाख रकम चोरी गर्ने उदेशयले गत असोज राति तीनैजना घरमा सेनकाटी पसेपछि महिलाले देखेपछि पक्राउ पर्ने डरले तीनैजना मिलेर घाँटीमा खुर्पाले रेटेर हत्या गरेको प्रहरी उपरिक्षक शाहको भनाई छ ।
प्रहरीले तीनैजनालाई प्रहरी हिरासतमा राखी घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको उनले बताए ।