अनाधिकृतरूपमा भण्डारण गरीएको केराउ बरामद

गढिमाइ खबर
301 पाठक संख्या

गढीमाई संवाददाता

पर्सा प्रहरीले अनाधिकृत रुपमा भण्डारण गरि राखिएका २ हजार ३ सय २५ केजी केराउ बरामद गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ रेल्वे सडकखण्ड स्थित अजय साहले सञ्चालन गरेको जय माँ गाला किराना स्टोरमा अनाधिकृतरूपमा भण्डारण गरी राखिएको केराउ  बरामद गरेको हो ।

२५ के.जी का दरले ९३ बोरामा रहेको केराउको बजार मुल्य दुई लाख उनानसी हजार रहेको तथा आवकयक कारवाहीकोे लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने कार्य भैरहेको  पर्साका प्रहरी प्रबक्त कुमार बिक्रम थापाले जानकारी दिएका छन् ।

साझा गर्नुहोस्