जीतपुरमा रहेको फगिरा माबिमा शिक्षक बिदाई तथा स्वागत कार्यक्रम

गढिमाइ खबर
144 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादव/

बाराको जीतपुरमा रहेको फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिद्यालयमा मंगलबार शिक्षक बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले शिक्षकहरुको सरुवा गरे संगै उक्त बिधायल बाट २ जना शिक्षकको बिदाई गरिएको छ भने २ जना शिक्षकलाई स्वागत गरिएको छ ।

विद्यालयले मंगलबार एक औपचारीक कार्यक्रमको आयोजना गरी उक्त विद्यालयबाट सरुवा भएर जान लागेका शिक्षकहरूको बिदाई र अन्य बिद्यालयबाट आएका शिक्षकहरुको स्वागत वडा अध्यक्ष सुनिल गुप्ताले गरेका थिए ।

बिदाई हुनेमा शिक्षक संजय प्रसाद पटेल, जितेन्द्र चौधरी रहेका छन भने अन्य बिद्यालयबाट आएका शिक्षकहरुमा सुबास कुमार सिंह, मेनुका फुयाल रहेको बिद्यालयका प्राधनध्यापक राजु सिंहले जानकारी दिएका छन ।

 

साझा गर्नुहोस्