बारा प्रहरीद्धारा गाँजा नष्ट

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 194
पढ्न लाग्ने समय : 1 मि.

बारा प्रहरीले विभिन्न स्थानबाट बरामद करिब चार क्युन्टिल ३० किलो शुक्रवार गाँजा खाल्डोमा पुरेर नष्ट गरेको छ ।

प्रहरीले विभिन्न मिति र स्थानबाट बरामद गरेको लागुऔषध गाँजालाई जिल्ला प्रहरी कार्यालय बाराले कलैया स्थित कार्यालय परिसरमा सरोकारवाला तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरेको हो ।

अबैध रुपमा चोरी पैठारी गरेर लागिरहेको गाँजा बरामदपछि कार्यालयमा सुरक्षित राखिएको थियो  । सोही लागुऔषध गाँजा प्रहरीले खाल्डो खनेर गाँजा हालेर माटो पुरेर नष्ट गरेको प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपाने बताएका छन ।

सो अवसरमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, प्रहरी उपरीक्षक सुरेश काफ्ले, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी लगायतको उपास्थिति रहेको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।