नेपाली कांग्रेस निजगढको वडा सम्मेलन सम्पन्न

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 224
पढ्न लाग्ने समय : 2 मि.

नेपाली कांग्रेसको साङ्गठनिक सुदृढीकरणको लागि आन्तरिक विशेष अभियान अन्तर्गत बिहीवार देखि वडा सम्मेलन शुरु गरिएको हो । वडा र नगर सम्मेलनको लागि चयन हुनु भएका जिल्ला प्रतिनिधि सुरेश कुमार खनालको रोहबरमा वडा नम्बर १,२ र ३ मा वडा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनको क्रममा वडा तहका कार्यकर्ता र जनप्रतिनिधि बिच अन्तक्रिया समेत भएको थियो । वडा सम्मेलन मार्फत वडा स्तरिय भातृ संस्थाहरुको समेत गठन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका जिल्ला प्रतिनिधि सुरेश कुमार खनालले नेपाली कांग्रेसलाई सुदृढ र बलियो बनाउन स्थानिय स्तरमा भातृ संस्थाहरु सक्रिय रहनुपर्ने बताउनुभयो ।

जिल्ला प्रतिनिधि खनालले नेपाली कांग्रेसलाई आन्तरिक रुपमा सबल बनाई युवा पुस्तामाझ कांग्रेसलाई आकर्षित गराउनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा मधेस प्रदेश सभा सदस्य मिना लामाले नेपाली कांग्रेसले योजनाबद्ध ढङ्गले कार्यक्रमहरुको आयोजना गरि पार्टी र कार्यकर्तालाई सक्रिय बनाई राख्नु पर्ने बताउनुभयो ।

त्यस्तै नेपाल तरुण दलका केन्द्रिय सदस्य आशिष तामाङले साङ्गठनिक सुदृढीकरणको लागि नेपाली कांग्रेसले बर्ष भरी नै सक्रिय कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको बताउनुभयो ।

वडा सम्मेलनमा नेपाली कांग्रेस निजगढका उपसभापति तथा वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले,नेपाली कांग्रेस निजगढका उपसभापति रामकृष्ण सिग्देल,सचिवद्वय मधु तिमल्सिना,अम्बिर सिंतान,सहसचिवद्वय बुद्दिमान शाही,सोफिला गुरुङ,वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चन,वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान,वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष पुष्कर खड्का,निजगढ नगरपालिका कार्यपालिका सदस्य तथा नेपाली कांग्रेस वडा नम्बर ३ का वडा सभापति मानबहादुर डासेली,लोकतान्त्रिक आदिवासी जनजाती संघ बाराका संयोजक रोशन पाख्रीन,नेपाली कांग्रेस निजगढ वडा नम्बर १ का सभापती बुद्ध लामा,वडा नम्बर २ का वडा सभापती हेम बहादुर बिष्ट लगायत वडा सदस्य र स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । अभियान अन्तर्गत निजगढका अन्य वडामा वडा स्तरिय सम्मेलन र नगर सम्मेलन निरन्तर आयोजना गरिने जनाईएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।