देश चरम अराजक र दण्डहिनता बढ्दै छ- सहमहामन्त्री चौधरी

गढिमाइ खबर
121 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

धिरेन्द्र पनुहर/
नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री उमाकान्त चौधरीले देश चरम अराजक र दण्डहिनता बढ्दै गएको बताएका छन ।

बाराको कोल्हवीमा विहीबार नेपाली कांग्रेस नगर कार्य समिति कोल्हवीको आयोजनामा नगर सम्मेलनको उद्घाटन गर्दै सहमहामन्त्री चौधरीले यस्तो बताएका छन । पुर्वमन्त्री समेत रहेका चौधरीले अहिले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन् । बुधवार काठमाण्डौमा केन्द्रीय सहमहामन्त्री महेन्द्रराय यादवमाथी काठमाण्डौमा दिनदहाडै खुकुरी प्रहार हुनु दुखदायी भएको बताए ।

यादवमाथीको आक्रमण दण्डहिनता र अराजकको पराकाष्ट भएको चौधरीले बताए । “सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न अब नेपाली कांग्रेस एकढिक्का भएर अगाडी बढ्नु पर्ने आवश्यकता रहेको चौधरीको भनाई छ ।

कार्यक्रममा प्रदेश सांसद माला लामा, नेपाली कांग्रेसका युवा नेता रमेश ढंगाल, कोल्हवी नगरपालिकाकी उपमेयर लक्ष्मी कुमारी चौधरी, नेताहरु रबिन्द्र पनुहर, कोल्हवी वडा नम्बर १ देखि ११ सम्मका वडा कार्य समितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

सोही अवसरमा पार्टीका जिल्ला कोषाध्यक्ष बासु प्रसाद चौधरी, ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख भोलामान सिंह, दिलमनि चौधरी, तरुण दलका केन्द्रीय सदस्य बिजय चौधरी, नेबिसंघका केन्द्रीय सदस्य शिव चौधरी जिल्ला सभापति समिर चौधरी, तामागढी साझेदारी बनका अध्यक्ष रबिन्द्र पनुहरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा पार्टीलाई बलियो बनाउन हरेन्द्र चौधरी ,हरेराम चौधरी , रामनन्द चौधरी ,बलराम अधिकारी ,प्रेम नारायण चौधरीले सल्लाह सुझाव दिनु भएको थियो।

कार्यक्रममा कांग्रेसका कार्यकर्ताहरुले आफ्नो गाउँ ठाउँमा रहेको समस्या र गुनासो राखेका थिए र साथै पार्टीलाइ कसरी बलियो बनाउने सल्लाह सुझाव समेत दिएका थिए । कार्यकर्ताहरुको गुनासोलाई सहमहामन्त्री चौधरीले सम्बोधन गर्नु भएको थियो ।

पार्टीको कार्यकर्तावाट आएको गुनासोलाई सम्बोधन गर्दै प्रमुख अतिथि उमाकान्त चौधरीले अगामि दिनमा पार्टीलाइ एक ढिक्का बनाएर जाने र बिगतको दिनमा भएको कमि कमजोरीलाई सच्याउदै अगाडि जाने प्रतिबद्धता गर्नु भयो । कार्यक्रममा समिर चौधरी बासु प्रसाद चौधरी ,रबिन्द्र पनुहर ,रमेश ढंगाल,माला लामा लगाएतकोले मन्तव्य राखेका थियो।

कोल्हवी स्थित होटेल मिस्टिक तराई कोल्हवीमा नेपाली कांग्रेस नगर सभापति बिरेन्द्र प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य बिरेन्द्र चौधरीले गर्नु भएको थियो भने संचालन महेश कुमार साहको रहेको थियो ।

साझा गर्नुहोस्